

भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर (जारी पुँजीको १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र जारी पुँजीको अधिकतम १० प्रतिशत सेयर अर्थात ३२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि)को सार्वजनिक निष्कासन गर्ने भएको हो। यो आईपीओको निष्काशनकर्ता तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
“राष्ट्रको समृद्धिको लागि ऊर्जा” भन्ने नाराका साथ विभिन्न पेसाकर्मी र अनुभवी व्यक्तित्वहरु एकजुट भएर भिजन इनर्जी एन्ड पावर लिमिटेड नामक कम्पनीको स्थापना भएको हो। संस्थागत सुशासन तथा संस्कृतिलाई व्यवहारमै उच्च प्राथमिकतामा राख्दै सोहीअनुसार अघि बढिरहेको यो कम्पनीले आईएसओ ९००१ः२०१५ प्रमाणपत्रसमेत प्राप्त गरेको छ।
अर्थ सन्जाल