नेपाल बङ्गलादेश बैंक र नबिल बैंकबीच एक्विजिसनको सम्झौता

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् । दुवै बैंकले संयुक्त मर्जर÷एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम  बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंक का सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको , सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर÷एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती ९ब्अत्रगष्चभ० गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात ९क्धबउ च्बतष्य० कायम भएको जनाएका छन् ।  उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको  मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुने जनाएको छ । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरु को दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन । ब्राण्ड का हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंक लाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंक हरुमा सबै सुचकांक हरुमा अग्रणी हुने विश्वास छ ।

बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुँजी . ४३ अर्ब रुपैयाँ चुक्ता पुजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ हुने छ । गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथी हुनेछ। शाखा संजाल तत्कालै २३५ पुग्नेछन। ग्राहक संख्या १६ लाख माथी हुनेछ ।

नबिल बैंक ले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यावसाय लाई अघी बढाएको छ भने डिजीटल बैकिङ लाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लिएको छ । बिहीबार काठमाण्डौँमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यव्रmममा  नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका  सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *