

नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ।
राष्ट्र बैंकका अनुसार बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुरिवेक्षण महाशाखा स्थापना हुन लागेको हो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ।
उक्त महाशाखाले आउँदो माघ १ गतेदेखि कार्यरम्भ गर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल