अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

  • अर्थ सन्जाल
  • २२ मंसिर २०७९, बिहीबार २१:२२


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए । “मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ”, अध्यक्ष अधिकारीले भने ।

“मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती देखिएको छ”, स्थानीय किशोर घर्तीले भने, “सवारी साधनको आवगमन बाक्लो भएको छ ।” दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो । यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरिएको छ ।

साथै, शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताए । विद्यार्थीलाई कुनै समस्या नहुने गरी काम गरिरहेको उनको भनाइ छ । यहाँ साना र ठूला गरि २४ वटा भवन छन् । प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएएको थियो । यही मङ्सिर ४ मा निर्वाचित हुनु भएका प्रदेशसभाका सांसदहरुको सपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।

Artha Sanjal
मिती : २२ मंसिर २०७९, बिहीबार २१:२२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

ताजा समाचार

  1. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  2. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  3. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  4. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  5. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  6. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  7. रवि लामिछानेको सांसद पद खारेज

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.