

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न १३औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा पारसमणि ढकाल (ग्लोबल आइएमई क्यापिटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिषनारायण जोशी (नबिल इन्भेस्टमेन्ट बैंकिङ) चयन भएका छन्।
संघको सदस्यमा नारायणप्रसाद घिमिर (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल), नवीन बास्कोटा (नेपाल लाइफ क्यापिटल) र मनार्थ सदस्यमा संघका निवर्तमान अध्यक्ष मेखबहादुर थापा (एनआईबिएल एस क्यापिटल) रहेका छन्।
सभाले पेस भएका अन्य प्रस्तावउपर छलफल गरी सर्वसम्मतिका साथ पारित गरेको छ।
Artha Sanjal
अर्थ सन्जाल