

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार सभा पुस १६ गते जर्मन होम्स प्रा.लि गठ्ठाघरमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ओइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
Artha Sanjal
अर्थ सन्जाल