कोरोनाको तेस्रो लहर संगै देशका ८ जिल्ला रोडजोनमा परेका छन् । पछिल्लो समय कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या बढ्दै जाँदा देशका ८ जिल्ला रेडजोनमा परेका हुन् ।
निकै संक्रामक भनिएको ओमोक्रन फैलिएसँगै देशभर कोभिड १९ को जोखिम फेरि बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल आठ जिल्ला रेड जोनमा रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको जिल्लालाई मन्त्रालयले रेड जोनमा राखेको छ ।
रेड जोनुमा प्रदेश १ मा मोरङ र सुनसरी रहेका छन् भने झामा पनि पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ । मोरङमा हाल ९ सय ६७ जना संक्रमित छन् भने सुनसरीमा ६ सय २२ जना संक्रमित छन् ।
वाग्मती प्रदेशका चार जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन्। काठमाडौं, ललितपुर, भक्तपुर र चितवन कोरोनाको तेस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भएका छन् । काठमाडौंमा हाल ९ हजार ६३, ललितपुरमा २ हजार ३ सय ८२ र भक्तपुरमा १ हजार ३ सय ७१ जना संक्रमित छन्। यस्तै, चितवनमा ६ सय ३५ जना संक्रमित छन्।
गण्डकीको कास्कीमा हालसम्म ८ सय ११ जना सक्रिय संक्रमित छन् भने सुदूरपश्चिम प्रदेशको कैलालीमा हाल ५ सय ५३ सक्रिय संक्रमित छन्।
यस्तै, लुम्बिनी प्रदेशको बाँके र रुपन्देही, गण्डकी प्रदेशको नवलपुरासी पूर्व, वाग्मती प्रदेशको मकवानपुर र काभ्रे, प्रदेश २ को धनुषा र प्रदेश १ को झापामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यी जिल्लाहरुमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ ।