

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बुधबार (मंसिर २१ गते) बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो पुस १४ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांशपारित गर्नेछ।
सोही सभाले प्रभु बैंकसँगको १:१ सेयर स्वाप रेसियोमा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले मर्जरसम्बन्धी समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण कामकारबाही पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आउँदो पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल