अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

  • अर्थ सन्जाल
  • २१ मंसिर २०७९, बुधबार २२:००


तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था छ । प्रादेशिक कार्यालयमा हाल युरिया तीन हजार सात सय ७२ दशमलव छ सय ५० मेट्रिक टन र डिएपी पाँच हजार नौ सय ४१ दशमलव छ सय ५० मेट्रिक टन मौज्दात छ ।

प्रादेशिक कार्यालयमा उपलब्ध मल किसानको मागभन्दा आधा भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका कायममुकायम प्रबन्धक नरेशकुमार सापकोटाले बताए । केन्द्रीय कार्यालयले आयात गरेको मलको २१ दशमलव पाँच प्रतिशत मात्र प्रादेशिक कार्यालय रासायनिक मल उपलब्ध गराउँदै आएको छ । प्रदेश नं १ मा ४० हजार मेट्रिक टन रासायनिक मलको बर्सेनि माग रहेको बताइएको छ । मल आपूर्ति तथा व्यवस्थापन समितिले निर्धारण गरेको कोटाअनुसार कार्यालयले स्थानीय तहको सिफारिसमा सहकारी संस्थामार्फत बिक्री गरिँदै आएको छ ।

धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारीलगायत तोरी र गहुँमा राख्नसमेत पाएका छैनन् । स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि साना किसान पाउन सकेका छैन । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण गर्दै आएका कार्यालय तथा सहकारी संस्थामा बिहानैदेखि दौडधुप गर्दासमेत मल नपाएको देवानगञ्जका दरोली मेहताले बताउनुभयो । “अहिले गहुँका लागि मल दिनुपर्ने हो, कतै पाएनाैँ”, उनले भने, “मल बिना गहँु र उखुसहित तरकारी खेती गर्दा फल्दैन ।”

मल किन्न कृषि सामग्री कम्पनी लिमिटेडमा आएका किसानहरू खाली हात फर्किरहेका छन् । भारतको सीमावर्ती क्षेत्रमा समेत मल पाइएको उनीहरूको गुनासो छ । विगतको तथ्याङ्कअनुसार प्रदेश नं १ मा गहुँ हिउँदे बालीको लागि रासायनिक मल डिएपी १५ हजार मेट्रिक टन, युरिया ३० मेट्रिक टन र पोटास सात सय मेट्रिक आवश्यक पर्छ ।

विराटनगरको कृषि सामग्री लिमिटेडले प्रदेश नं १ सहित मधेस प्रदेशका सप्तरी र सिरहा जिल्लामा पठाउने गरेको छ । प्रदेश नं १ का इलाम, बिर्तामोड, सुनसरीको इटहरी, धनकुटा, गाईघाट, विराटनगरसहित मधेश प्रदेशका राजविराज, लहानसहित आठ स्थानमा रहेको कम्पनीको कार्यालयले एक सय ७० वटा सहकारीमार्फत रासायनिक मल किसानलाई बिक्री वितरण गरिँदै आएको छ । पछिल्लो समय कोरोना महामारीका कारण रासायनिक मल उत्पादनमा कमी आएको र अन्तर्राष्ट्रिय मूल्य तीन सय प्रतिशत बढेकाले नेपाल सरकारले मल नल्याउँदा अभाव हुँदै आएको छ ।

गत वर्ष पनि हिउँदे बाली लगाउने समयमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मल आयात गर्न नसक्दा पूर्वमा मल अभाव भएको थियो । ‘सिजन’का बालीमा चाहिने डिएपी मल अभाव हुँदा कृषक मर्कामा पर्दै आएका छन् । नेपालमा मल अभाव हुँदा किसानले भारतीय कमसल मल प्रयोग गर्दा उत्पादनमा समेत ह्रास आउने गरेको कृषक बताउँछन् । सरकारले २०५५ सालदेखि किसानलाई मलमा अनुदान दिँदै आएको छ । यस पटक भारतमा समेत मलको अभाव भएको छ । रासस

Artha Sanjal
मिती : २१ मंसिर २०७९, बुधबार २२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.