

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियासँग पराजित भएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।
नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए । आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए । आसिफ शेखले ७ रन बनाए ।
नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।
नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले । कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।
नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ र सागर ढकालले १ विकेट आफ्नो नाम गरे । यस सिरिजमा नेपालको अन्तिम खेल बिहिबार स्कटल्याण्डसँग खेल्ने छ ।
अर्थ सन्जाल