एनआईसी एशिया बैंक चार कम्पनीको संस्थापक शेयर विक्री गर्दै

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर माघ २ गतेदेखि विक्रीमा आएको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ३ लाख ८१ हजार ९०२ कित्ता, महुली लघुवित्त वित्तीय संस्थाको ११ हजार २५४ कित्ता,आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८३ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।

मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४८४,आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४९४, महुली लघुवित्तको प्रतिकित्ता रू. ६४० र नागरिक लगानीकोषको प्रतिकित्ता रू. १  हजार १८३ तोकिएको छ । यो शेयर खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदन दिँदा नागरिक लगानीकोषको शेयरका लागि न्यूनतम १०० कित्ता, महुली लघुवित्तको लागि न्यूनतम ५०० कित्ता, आरएमडीसी लघुवित्त र मेरो माइक्रो फाइनान्सका लागि न्यूनतम एक हजार कित्ताको माग गर्न सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् ।

यी कम्पनीका शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा माघ २ गतेपश्चात घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्नेछन् । यी शेयरमा माघ ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *