

सानिमा लाइफ इन्सोरेन्स र समीट लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मंसिर २१ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।
यस सँगै मंसिर २५ गते आइतबारदेखि कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल