नेप्से उच्च अंकले वृद्धि, कारोबार रकमा पनि बढ्यो

आज नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको छ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *