

अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)ले भोलि बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ।
नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप भोलि धर्ना दिन लागेको हो । नाडाले काठमाडौंका माइतीघर मण्डलामा बिहान ११ बजेबाट धर्ना कार्यक्रम सुरु गर्नेछ । धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल