

नेपाली बजारमा (बुधबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन। आज छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी मूल्य ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल