अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

समानुपातिकतर्फको मतगणना सम्पन्न : कुन दलले कति सिट पाए ?

  • अर्थ सन्जाल
  • २१ मंसिर २०७९, बुधबार ०८:५१


काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ । अहिले सबै जिल्लाबाट मतगणना सकिएको जानकारी आएको र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको जनाइएको छ ।

आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा लोकप्रिय दल नेकपा एमाले बनेको छ । २८ लाख ४५ हजार ६४१ मतसहित एमाले पहिलो दल बनेको छ । यसअनुसार एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।नेपा

ली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ । तेस्रो दल बनेको माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मत पाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले समानुपातिकबाट १४ सिट पाउनेछ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)चौथो धेरै मत पाएका छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपाातिकतर्फ पाएको ११ लाख ३० हजार ३४४ मतका आधारमा १३ सिट पाउने छ । अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसदको पाँचौ दल हुनेछ ।

चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ ।

मतपरिणामअनुसार पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतका दलले भने थ्रेस होल्ड कटाउनै नसक्दा राष्ट्रिय दलको मान्यता पाउनबाट वञ्चित भएका छन् । राष्ट्रिय दल बन्न तीन लाखभन्दा बढी मत टाउनुपर्ने भएपनि एकीकृत समाजवादी २ लाख ९८ हजार ३९१ मै सीमित रहन पुग्यो । चुनावअघि एक सार्वजनिक कार्यक्रममा यो पार्टीका अध्यक्ष नेपालले पार्टीले समानुपातिकमा २५ लाख मत ल्याउने दाबी गरेका थिए ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपाले १ लाख ६७ हजार ३६७ मत पायो । समानुपातिकतर्फ सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टीले सबैभन्दा थोरै भोट पायो । उसले २ हजार १८ मत मात्र पाएको छ ।

Artha Sanjal
मिती : २१ मंसिर २०७९, बुधबार ०८:५१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने

गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  2. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  3. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  4. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  5. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  6. दूधको मूल्य बढाउन माग
  7. बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.