अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

  • अर्थ सन्जाल
  • २० मंसिर २०७९, मंगलवार २१:०७


रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी ९आइसिपी० निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । “सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो”, अर्यालले भने, “हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।”

भारतले दशगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरु गरेको उनले बताए । दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ तर यसमा भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ । “दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा प्राविधिक टोलीको प्रतिवेदनको आधारमा गर्न पाइन्छ”, उनले भने, “हामीले पनि गृहमन्त्रालयमा खबर गरेका छौँ, मन्त्रालयले यसबारे आवश्यक समन्वय गर्नेछ ।”

नेपाल भारतको सीमा नाका बेलहियामा एकीकृत जाँचचौकी निर्माणको चरणमा रहेको छ । नेपालले धेरै समयअघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो । पूर्वनिर्धारित क्षेत्रभन्दा केही पश्चिम अहिले भारतीय पक्षले आइसिपी निर्माणका लागि जग्गा लिएको छ ।

Artha Sanjal
मिती : २० मंसिर २०७९, मंगलवार २१:०७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.