

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
रिट निवेदनमा रूपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले एमालेका उमेदवार विष्णु पौडेललाई अनियमित रूपमा निर्वाचित भएको घोषणा गरेको दाबी गरिएको छ । पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेल सर्वोच्च गएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल