अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुन्तलाले बजार पाएन

  • अर्थ सन्जाल
  • २० मंसिर २०७९, मंगलवार १९:४७


रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उनी सुन्तलाले बजार नपाउँदा भने निराश भएका छन् । एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन ।

नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएको छ । सुन्तला बिक्रीबाट बर्सेनि रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि रु दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए । एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए रु चार लाख आम्दानी हुने उनको हिसाब छ ।

सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेका छन् । उनका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उनले सुन्तलाबाट गत वर्ष रु एक लाख ८० हजार आम्दानी गरेका थिए ।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ । गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् ।

सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् । गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए । रासस

Artha Sanjal
मिती : २० मंसिर २०७९, मंगलवार १९:४७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

ताजा समाचार

  1. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  2. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  3. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  4. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  5. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  6. रवि लामिछानेको सांसद पद खारेज
  7. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.