

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०ले यही मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ।
निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
निफ्राको ऋणपत्रमा आउँदो पुस ४ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा पुस १४ गतेसम्म बिक्री खुला गरिनेछ।
निफ्राको यो ७ वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।
अर्थ सन्जाल