

आरएमडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा २६ प्रतिशतको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश छन् ।
लघुवित्तले घोषणा गरेको यो बोनस सेयर हालसम्मकै उच्च हो । कुल लाभांश पछिल्लो ७ वर्ष यताकै उच्च हो । कहिले लगानीकर्ताको हात खाली नराख्ने आरएमडीसीले यो पटक पनि लगानीकर्ताहरूलाई मख्ख पारेको छ । गत वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा आउनेछ ।संस्थाले वर्षेनी आफ्ना सेयरधनीहरुलाई प्रतिफल वितरण गर्दै आइरहेको छ ।
२०७० असोज ८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आएको यस कम्पनीले वर्षेनी आफ्नो सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ । यस संस्थाले हालसम्म ११८.५ प्रतिशत बोनस सेयर र १११.४६८४ गरी कुल २३०.२६८४ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको छ । यद्यपी यसपटकको लाभांश भने वितरण हुन बाँकी छ ।
यस्तो छ संस्थाको लाभांश इतिहास
संस्थाले आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष संस्थाले बोनस सेयर भने वितरण गरेको थिएन ।
त्यसैगरी, आर्थिक वर्ष २०७०/७१ मा संस्थाले कुल ३१.५८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो । जसमा १० प्रतिशत बोनस सेयर र २१.५८ प्रतिशत नगद लाभांश थिए ।
आर्थिक वर्ष २०७१/७२ मा संस्थाले १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश बाँडेको थियो ।
आर्थिक वर्ष २०७२/७३ र २०७४/७५ मा संस्थाका सेयरधनीहरुले कुल २० प्रतिशत लाभांश प्राप्त गरेका थिए । जसमा १०/१० प्रतिशत नगद र बोनस थियो ।
आर्थिक वर्ष २०७३/७४ रमा पनि संस्थाले कुल २० प्रतिशत नै लाभांश वितरण गरेको थियो । जसमा ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश रहेको थियो ।
आर्थिक वर्ष २०७५/२०७६ मा संस्थाले १२.५ बोनस र १२.५ नगद गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको थियो भने
आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनार्थ) सहित कुल २० प्रतिशत लाभांश बाँडेको थियो ।
कहिले सेयरधनीको हात खाली नराख्ने संस्थाले आर्थिक वर्ष २०७७/७८ मा पनि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । ५ कास
गत आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको दिन आज (मंगलबार) संस्थाको सेयरमूल्य ३.१६ प्रतिशतले बढेर ९८० रुपैयाँ कायम भएको छ ।
यस संस्थाले सबैभन्दा कम लाभांश आर्थिक वर्ष २०६९/७० मा दिएको थियो भने २०७०/७१ मा सर्वाधिक ३१.५८ प्रतिशत लाभांश दिएको थियो ।
हाल आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त मर्जरको तयारीमा छन् । दुबै लघुवित्तबीच भदौ ३१ गते एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षार भएको हो ।
अर्थ सन्जाल