आज मंगलबार सुनको मूल्यमा गिरावट आएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल