अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

निर्माणाधीन खानेपानीको ट्याङ्की अलपत्र

  • अर्थ सन्जाल
  • १९ मंसिर २०७९, सोमबार २१:४१


हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्याङ्की अलपत्र परेको छ । नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताए ।

उनका अनुसार करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी पु¥याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको हो । प्रदूषित क्षेत्रमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका–५ का राजेश महतोले बताए । उनले इन्दु शङ्कर चिनी उद्योगबाट निस्केको प्रदूषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यवस्थापनको काम गर्दा आफूहरुले शुद्ध पिउने पानी नपाउने बताए ।

हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगको प्रदूषित पानीको ढल निकास रहेको स्थान नजिकै खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सुरु गरिएको र कसैसँग समन्वय नगरी निर्माण गरिँदा अलपत्र परेको स्थानीय शङ्कर महतोले बताए । वडाध्यक्ष नागेन्द्र साह र निवर्तमान नगरप्रमुख गणेश प्रसाइँको मिलेमतोमा केही रकम हिनामिन गर्ने मनसायस्वरुप खोला किनारमा लगेर खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको महतोको आरोप छ ।

वडाभित्रका धेरै चापाकलहरुमा आउने पानी अखाद्य रहेको र इन्दु शङ्कर चिनी उद्योगले वडा कार्यालयलाई सो जग्गा दिएका कारण सोही स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्र साहले बताए ।

आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरी २०७९ साल साउन १४ मा निर्माण सम्पन्न गर्नुपर्ने ट्याङ्की निर्माण सम्पन्न गर्नुपर्ने समयावधि सकिँदा पनि आधा काम भएको छैन । कमलेस निर्माण सेवा प्रालिले निर्माणको ठेक्का पाएको भए पनि सो प्रोजेक्टमा बजेट अभावका कारण समयमै निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका निमित्त डिभिजन प्रमुख जानकीशरण भगतले बताए । उनका अनुसार मागअनुसारको बजेट नआएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको हो । आगामी वर्षमा हरिवन नगरपालिका–५ का स्थानीयवासीलाई शुद्ध पिउने पानीको व्यावस्था गर्ने निमित्त प्रमुख भगतले बताए।

रु आठ करोड एक लाख ५८ हजार चार सय १४ मा हरिवन नगरपालिका–५ र ६ का गरी करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी खुवाउने लक्ष्यका साथ आव निर्माण सुरु गरिएको प्रोजेक्टको करिब २६ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर मात्र पाइप बिछ्याउने कामे भएको हरिवन नगरपालिका–५ को कार्यालयले जनाएको छ । प्रोजेक्टको कम्पाउन्डवाल लगाउने काम र विद्युत्गृह निर्माणको काम सकिएको भए पनि करिब ५० प्रतिशत काम अझै बाँकी रहेको छ ।

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार २१:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.