अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लुम्बिनी र मर्चवार क्षेत्रमा घरबनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ रकम ठगी

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।

त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उनीसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उनले खोज्दै गरेको आठ महिना बितेको छ ।

त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीाय जमीरुन निसाको अनुहारमा कुनै चमक छैन । थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फसेकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिनुभएको एक लाख आठ हजार फिर्ता पाउने छाँटकाँट छैन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै छ । गरिबीले जेलिएका कोहारले छिमेकी सँग रु एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाएको बताउँछन् । कोहारले मकसुदलाई बुझाउनुभएको सो रकमको न उहाँसँग कुनै रसिद छ न कुनै कागज प्रमाण ।

कोटहीमाई गाउँपालिका– १ परस्पुरका मंहगुले पाइपाइ जोडेर राखेको कमाइ ठगिएको सुनाए । उनले भने, “बुढ्यौलीमा ओतका लागि जस्ताको घर बनाउने तथा औषधि उपचार खर्चका लागि जम्मा गरि राखेको रु ५४ हजार सम्मरीमाई–५ खखडउरका बरखु हरिजनले प्रलोभन दिएर लगे ।”

उनका अनुसार पहिलो पटक सम्मरीमाई–७ भैसागहन ९केराहाडिह० मा भेटिएका बरखुले पैसा बुझाउनुस् एक महिना भित्र घर बनाएर दिन्छु भनेको आज करिब आठ महिना बितिसक्दा पनि बनाइदिएका छैनन् । “न त रकम नै फिर्ता गरेका छन, अहिले त भेट्नै छोड्नुभयो, फोन गर्दा, बाहिर छु भन्छन्”, गहँभरि आसु पार्दै उनले व्यथा सुनाए ।

सिपवाकी जमीरुन निसाले भनिन्, “जस्तापाताको सानो टहरामा बासोबास रहेको मेरो परिवारका लागि एक महिनाभित्रै सउदीको एक गरिब निर्माण संस्थाले पक्की घर बनाइदिने आश्वासनपछि खुशीको सीमा थिएन र नातेदारकहाँबाट ब्याजमा पैसा खोजेर बुझायौँ । करिब आठ महिना बित्यो न घर बन्न सक्यो न पैसा नै फिर्ता पायौँ ।”

उनका अनुसार मकसुदलाई भेटदा कहिले रकम फिर्ता गर्ने र कहिले घर बनाइदिने आश्वासन दिन्छन् । दुई थान फोटो, नागरिकताको फोटोकपी र नगद रकम बुझाएको कुनै रसिद वा कागज प्रमाणसमेत नपाएको उनले बताए ।

महिलवार गाउँका माया कुर्मी, गुडिया लोध र पंचम हरिजन समेतले चारकोठे पक्की घर बन्ने प्रलोभनमा ऋणजम गरी जनही रु एक लाख ५५ हजारका दरले अलीलाई नगद रकम बुझाएको छ महिना बढी बित्न लाग्यो तर न घर बन्नसक्यो न त उनीहरूले बुझाएको रकम नै फिर्ता पाउन सके ।

शान्ति, सुरक्षा र आवश्यक कारवाहीका लागि माया कुर्मी, गुडिया लोध र पंचम हरिजनसमेतले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिएका छन् । मकसुद मुसलमानले बाहिर मुलुक सउदी अरबबाट विदेशी प्रोजेक्ट आएको र गरिब परिवारका लागि निःशुल्क घर बनाइदिने भन्दै जनही एक लाख ५५ हजारका दरले असुल गरेको निवेदनमा उल्लेख छ ।

निवेदनमा लेखिएको छ, “निजले झुठो आश्वासन दिने गरेको तथा आजको मितिसम्म पनि केही कार्य व्यवहार नभएको र उनी विदेश जाने योजनामा रहेको बुझिएकोले विदेश जान नपाउने गरी व्यवस्था मिलाइदिन तथा आवश्यक कारवाहीका साथै दिइएको रकम फिर्ता दिलाउन र निजले गाली गलौज र धाक धम्कीसमेत दिएकाले शान्ति, सुरक्षा र जिउधनको रक्षा गरि पाउन अनुरोध छ ।”

त्यस्तै महंगुले रकम फिर्ता गराई पाऊँ भन्दै सम्मरीमाई–७ बेतकुइयाँस्थित मेलमिलाप केन्द्रमा निवेदन दिनुभएको पनि महिना दिन बित्न लागेको छ । मेलमिलाप केन्द्रका संयोजक राजेन्द्रप्रसाद लोधले बरखुलाई छलफलका लागि हाजिर हुन आउने पत्र बुझाइसकिए पनि अटेर गरी छलफलमा नआएको बताए ।

यता पैसा असुलीको आरोप लागेका बरखु हरिजनलाई उनले काम गर्ने संस्थाको नाम समेत थाहा छैन । उनले भने, “मैले रकम मात्र असुलेको छु घर निर्माण संस्था दर्ता भए नभएको बारे कुनै जानकारी छैन । मेरो अगुवा अरु कोही हो । केही दिनमा सबैको रकम फिर्ता दिने छन् ।”

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न केही अस्थायी कर्मचारी राखेका छन् । एक कर्मचारीलाई दैनिक रु एक हजार ज्याला तथा पाँच सय चियानास्ता खर्च दिने गरेका छन् । कर्मचारीलाई ‘गरीबी निर्माणको सहयोगदाता’ नामक संस्थाको परिचयपत्र समेत दिएका छन् । तिनै कर्मचारीमध्येका एक हुन बरखु हरिजन । मकसुदले यसरी विभिन्न व्यक्तिबाट करिब रु दुई करोड असुल गरिसकेको र सोका लागि प्रक्रिया मिलाउन उनी साउदी अरब जान लागेको बरखुले बताए ।

यस सम्बन्धमा संस्थाका मुख्य व्यक्ति अरसद अली भएको र उनी साउदी अरबमा रहेको मकसुदले बताए । संस्था दर्ता भए नभएको बारे संस्थाका अध्यक्षलाई मात्र थाहा रहेको र आफूलाई कुनै जानकारी नरहेको मकसुदको भनाइ छ ।

मकसुदले करिब ६०–६५ जनासँग मात्र पैसा बुझेको बताए । उनले भने, “समान्य निर्माण खर्च सबैसँग असुल गरेको छु, घर नबने सबैको रकम फिर्ता दिन्छु । विस्तृत जानकारीका लागि संस्थाका प्रमुख केही दिनमा नेपाल आउँदै हुनुहुन्छ, उहाँसँग मात्र सोध्नु होला । मैले केही भन्दैन ।”

माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिनुभएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको पत्र कारवाहीको प्रक्रियामा रहेको इप्रका मर्चवारले बताएको छ । प्रहरी पटक–पटक घरमा जाँदा पनि मकसुद मुसलमानलाई भेट्न नसकिएको इप्रका मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताए । रासस

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार १९:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट

निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा

आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकारमा विशेष छुट
  2. निफ्राका संचालकबाट आइएमई ग्रुपका ढकालले दिए राजिनामा
  3. आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला
  4. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  5. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  6. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  7. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.