अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा

  • अर्थ सन्जाल
  • १९ मंसिर २०७९, सोमबार १८:१०


पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही सहकारीले भने थोरैमात्र बचत फिर्ता गरिरहेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर नगरपालिका वडा नं ५, जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था र गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ ।

गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् । सहमति गराउन वडा अध्यक्ष नवराज लामाले पनि सहयोग गर्नुभएको बचतकर्ताले जनाएका छन् ।

मञ्जुश्री सहकारी कार्यालयअघि मोबाइल पसल सञ्चालन गर्नुहुने कविन्द्र अधिकारी पैसा तिर्ने प्रतिबद्धता जनाउने तर कार्यालय नखोल्ने गर्दा शङ्का लाग्ने अवस्था आएको बताउछन् । दैनिक कार्यालय खोलेर सहकारीमा भइरहेका गतिविधिका बारेमा बचतकर्तालाई जानकारी गराए समस्या समाधानमा सहजता हुने उनले बताए ।

बचत फिर्ता गर्न नसकी समस्यामा परेका सहकारीका पदाधिकारी, सञ्चालक र कर्मचारीको फोन सम्पर्क हुन छोडेको छ । जसले गर्दा बचतकर्ता तनावमा रहेका छन् । सहकारीको प्रभावकारी नियमन र अनुगमन नहुँदा बचतकर्ता तनावमा रहनुपर्ने अवस्था आएको एक बचतकर्ता श्याम लामाले बताए ।

मञ्जुश्रीले फिर्ता गरेन बचत

मञ्जुश्री सहकारी तीन महिनादेखि बन्द भएको भन्दै बचतकर्ताले आपत्ति जनाएका छन् । बचत झिक्न जाने बचतकर्तालाई सहकारीले साउन २५ गतेदेखि निरन्तर सूचना टाँस गरी म्याद बढाउँदै आएको छ । तर आजसम्म पनि सहकारीले बचत फिर्ता गरेको छैन ।

पटकपटक दिएको म्यादको अन्तिम दिन आइतबार पनि बचतकर्ता सहकारीमा पुगे तर कार्यालय खुलेन । बचतकर्ताहरू जोरपाटी चोकको मूल सडकमै दुई घण्टा धर्ना बसे । सहकारीका अध्यक्ष इन्द्र लामालगायत पदाधिकारी, सञ्चालक सदस्य, एवं कर्मचारीलाई फोन लगाए । कसैको फोन उठेन ।

सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भएको बचतकर्ता उमेश खतिवडाले राससलाई जानकारी दिए । पटकपटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दशैँपछिदेखि त कार्यालय नै खुल्न छोडेको उनले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले सहकारी कार्यालय र अध्यक्षको घरमै पुगेर धर्ना दिएका हुन् ।

सहकारीका पदाधिकारी, सञ्चालक सदस्य एवं कर्मचारीको फोन पनि नउठ्ने, कार्यालयमा पनि नआउने भएपछि बचतकर्ताको समूह अध्यक्ष लामाको बौद्ध भुवालडाँडास्थित घरमै पुगे । ऋणीले लिएको ऋण नतिरेपछि बचतकर्तालाई पैसा फिर्ता गर्न नसकिएको उनको भनाइ छ ।

“सहकारीले करिब रु ११ करोड वचत फिर्ता गर्नुपर्ने छ, बजारमा रु सात करोड ऋण लगानी छ, रु पाँच करोडको घर सहकारीका नाममा छ, शेयर सदस्यको शुल्क रु एक करोड गरी रु १३ करोडको पुँजी छ, यसैले बचतकर्तालाई पैसा फिर्ता गर्न समस्या छैन, अहिले बजारबाट ऋण नउठेकाले मात्र समस्या भएको हो, हामी बचतकर्ताको एक पैसा पनि खाँदैनौँ, सबैको पैसा फिर्ता गर्छौँ”–उनले भने ।

सहकारीमा लामा २०७५ देखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेका थिए । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् । सहकारीको अहिले रहेको करिब रु सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको प्रशासन प्रमुख विजय तामाङले राससलाई जानकारी दिए ।

“धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उनसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ, तर आउनुहुन्नँ”, उनले भने । सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालकहरू एकले अर्कोलाई दोष देखाउन थालेका छन् ।

केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ । सहकारीबाट राजीनामा दिइसकेको बताउनुहुने पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउछन् । “सहकारी सबै सञ्चालक एवं शेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन”, उनले भने ।

सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर व्यवसायी पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब रु पाँच लाख सहकारीमा बचत गरेका ठाकुर दिनमा एक पटक सहकारी धाउने गरे पनि पछिल्लो समय कार्यालय नै खुल्न छोडेको बताउछन् । रासस

Artha Sanjal
मिती : १९ मंसिर २०७९, सोमबार १८:१० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

ताजा समाचार

  1. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  2. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  3. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  4. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  5. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  6. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  7. रवि लामिछानेको सांसद पद खारेज

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.