


चालु आर्थिक वर्षको साढे ४ महिनाको अवधिमा सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएकोमा मंसिर १९ गतेसम्म चालु खर्चतर्फ मात्र कुल बजेटको २२ प्रतिशत अर्थात् ३ खर्ब १९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै, पुँजीगत खर्चतर्फ भने हालसम्म कुल बजेटको ७.७६ प्रतिशत अर्थात् २९ अर्ब ५३ करोड १७ लाख रुपैयाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ हालसम्म ४३ अर्ब ४१ करोड ३ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
Artha Sanjal

अर्थ सन्जाल