

प्राइम कमर्सियल बैंकले आज मंसिर १९ गतेदेखि केही संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्री खुलागरेको छ।
उक्त संस्थापक खरिदका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहनेले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
सेयर बिक्री गर्न चाहने संस्थापक सेयरधनीको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा बुझ्न सकिने बैंकले जनाएको छ।
यसअघि बैंकले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय दिएको थियो। तर, त्यस अवधिमा कुनै पनि संस्थापकबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल