अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

  • अर्थ सन्जाल
  • १८ मंसिर २०७९, आईतवार १९:३८


नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ ।

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो आउने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्र्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।

टोलीले नगरपालिका प्रमुख एवं उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । “३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनुपरेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायत समस्या छ, त्यसको समाधानका लागि कैलालीको अत्तरिया सवस्टेसनबाट दक्षिण क्षेत्र हुँदै एक सय ३२ केभी लाइन र धनगढी आसपासमा एक सय ३२ केभी सवस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौँ । कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि एक सय ३२ केभी लाइनबाट जोड्ने छौँ, सो लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन”, घिसिङले भने ।

हाल कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो ।  यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत् आयोजनाको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सवस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने विश्वास छ । उनले कर्णाली, सेती र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि चार सय केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए।

लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँ अत्तरिया (दैजी) चार सय केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००र१३२ सबस्टेसन निर्माण गरिने छ । प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सवस्टेसन निर्माण गरि ठाउँ, सञ्चालित सवस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो । रासस

Artha Sanjal
मिती : १८ मंसिर २०७९, आईतवार १९:३८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

ताजा समाचार

  1. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  2. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  3. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  4. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  5. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  6. रवि लामिछानेको सांसद पद खारेज
  7. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.