

नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनश सेयर पछिको मुल्य समायोजन गरेको हो । बैंकको अन्तिम सेयर मूल्य २७१ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले बोनश सेयरपछिको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि सेयर बजारमा कारोबार आउनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनश सेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
Artha Sanjal
अर्थ सन्जाल