

पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी सङ्गठनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साईन्सेज अन्तर्गत स्थापित संस्था,पोखरा विश्वविद्यालय वायोमेडिकल सङ्गठनको आयोजनामा शिविर सम्पन्न भएको हो ।
उक्त अवसरमा युरिक एसिड,सुगर, ब्लड प्रेसर, BMI लगायत होलवडी चेकअप गरिनुको साथै स्वास्थ्य सम्बन्धी सचेतना समेत प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्स की निर्देशक बिमला भट्ट, BSC.MLT का कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता, डा. श्रृङखला तिमिल्सिना,लगायत सहभागी भएका थिए ।
त्यस्तै नवसैनिक फार्मेसी एण्ड डेण्टल क्लिनिक, विपिन वाग्ले, सन्दीप पोखरेल, कृष्णा बस्ताकोटी,महेश अधिकारी लगायतको विशेष सहयोग रहेको थियो । फेवासिटि हस्पिटल एण्ड रिसर्च सेन्टरले शिविरमा विशेष सहयोगी भूमिका निर्वाह गरेको थियो ।
अर्थ सन्जाल