

कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से ९.९६ अंकले बढेर १९७१.०२ बिन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले बढेर ३८६.१४ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २२१ कम्पनीको १४ लाख ३९ हजार २९५ कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड ४६ लाख ७ हजार रुपैयाँमा कारोबार भएको छ।
Artha Sanjal
अर्थ सन्जाल