

आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल