

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ सिक्सटीनका दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूहएको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
Artha Sanjal
अर्थ सन्जाल