

काठमाडाैं । स्याङजा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । मतगणनाकाे सुरुवाती चरणबाटै उनले लिएका अग्रतालाई अहिलेसम्म कायमै राखेका हुन् ।
पछिल्लाे मतगणनाअनुसार उनले २४२२७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२११० मत पाएकी छन् । कांग्रेसका गुरुङ अर्यालभन्दा २११७ मतले अघि छन् । स्याङजा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६०२ मत पाएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र २ तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् । उनले १२२४२ मत ल्याउँदा कांग्रेसका महेश भट्टराईले १२२०१ मतका साथ पछ्याइरहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल