

काठमाडौं । धनुषामा जन्ती बोकेकोजीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने९ जना घाइते भएका छन् ।
दुर्घटना हुँदा तीन महिला, एक पुरुष र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज ८२९३ नम्बरको वंगर जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना भएको थियो ।
घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल