अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कफी उत्पादन वृद्धिमा जोड

  • अर्थ सन्जाल
  • १६ मंसिर २०७९, शुक्रबार २१:५७


विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताए ।

“सन् २००८ देखि नुवाकोटमा व्यवस्थित कफी उत्पादन हुन थालेको हो । अहिले नुवाकोटको कफी विदेश निर्यात् हुनथालेको रहेछ । यो खुशीको कुरा हो”, उनले भने, “खेती प्रवद्र्धनका लागि ध्यान दिनुपर्छ । किसानलाई थप हौसलाको खाँचो रहेको छ ।”

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले स्थानीय सरकारले विकासको बजेट बाटोमा मात्र नभई माटोमा पनि लगानी गरे कफी खेतीको विकास र प्रवद्र्धन हुने बताए । उनले नेपालको कफीको विदेशमा समेत उच्च माग भएकाले किसानले यसको उत्पादनमा जोड दिनुपर्ने बताए । “कफी नेपालको विदेशी मुद्रा भित्र्याउने वस्तु हो । गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ, विदेशमा जति पनि बिक्री हुन्छ । नेपालको आर्थिक उन्नतिका लागि कफी उत्पादन एउटा प्रमुख खेती हो”, कार्यकारी निर्देशक भट्टराईले भने ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष केशरबहादुर सिटौलाले किसानलाई उपयुक्त प्रविधि र प्रशिक्षणको खाँचो रहेकोले बोर्डले अहिले यसैमा केन्द्रित भएर योजना ल्याएको बताए ।

नेपालमा अहिले तीन हजार तीन सय ४३ हेक्टर जमीनमा कफी खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा तीन सय ५५ मेट्रिकटन कफी उत्पादन भएको र यसको २० प्रतिशत कफी विदेशी बजारमा बिक्री भएको बोर्डले जनाएको छ ।

नेपालमा विसं १९९५ हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरु भएको बोर्डले जनाएको छ ।

बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने काँचो कफीको न्यूनतम सहमत मूल्य पनि तोकेको छ । ए ग्रेडको फ्रेस चेरी कफी प्रतिकिलो रु ९५, बि ग्रेडको रु ८५, ए ग्रेडको पार्चमेन्ट कफी रु चार सय ७५, बि ग्रेडको रु चार २०, ए ग्रेडको ड्राई कफी प्रतिकिलो रु एक सय ७० र बि ग्रेडको ड्राई कफीको मूल्य प्रतिकिलो रु एक सय १५ तोकेको छ ।

Artha Sanjal
मिती : १६ मंसिर २०७९, शुक्रबार २१:५७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताजा समाचार

  1. राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी
  2. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  3. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  4. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  5. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  6. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  7. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.