अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

  • अर्थ सन्जाल
  • १६ मंसिर २०७९, शुक्रबार २०:५४


बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारबारे थप चनाखो हुन शुक्रबार वाणिज्य, विकास बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमासभित्र राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा बुझाइसक्नुपर्ने व्यवस्था रहेको थियो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कारोबारको जोखिम मूल्याङ्कन गर्दा ग्राहक पहिचान विवरण ९केवाइसी० मा ध्यान दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । “ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने, व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “जोखिम मूल्याङ्कन गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक, सेवा, भौगोलिक क्षेत्र तथा सेवा प्रवाह गर्ने माध्यमलगायत सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान एवं विश्लेषण गरी सोको मूल्याङ्कन गर्नुपर्नेछ ।”

कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको शङ्का लागि अनुसन्धान अघि बढाउँदा त्यस्तो अनुसन्धानबारे ग्राहकले थाहा पाएमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाइ शंकास्पद कारोबार र गतिविधिबारे तत्काल राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने पनि निर्देशनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि बारेको प्रतिवेदन राष्ट्र बैंकलाई पेश गर्नुपर्नेछ ।

एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीले पालना गर्नुपर्ने आचरण सम्बन्धमा आचारसंहिता बनाएर लागु गर्न पनि निर्देशन दिएको छ ।

Artha Sanjal
मिती : १६ मंसिर २०७९, शुक्रबार २०:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.