जापानमा दुई डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु भएको छ । ओमिक्रोनबाट संक्रमित उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो । शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक वृद्धाको मृत्यु भएको पुष्टी गरेको थियो ।
जापानमा ओमिक्रोन संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । कोरोना विरुद्धको दुबै डोज लगाएकी ती बृद्धा रक्तसंचार सम्बन्धीकी पुरानो विरामी रहेको बताइएको छ ।
जनवरीको सुरुमा ती महिला कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा गएकी थिइन् । त्यसपछि उनलाई ज्वरोसहित कोरोनाको लक्षण देखिएको थियो।