

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै १ सय ९७ बनायो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो । यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रनमा बाहिरिँदा अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए ।
कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल