

नेपाल इन्भेष्टमेण्ट बैंक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्डले सम्मानित भएकाे छ।
नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको “उत्कृष्ट बैंक” छनोट भएको छ। एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो।
यो अवार्ड जित्नु एनआइबिएलले नेपाल को वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएकाे र यसले विकास र दिगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको बताएकाे छ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरे।
सम्मानित फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो।
बैंकले सम्भव भएसम्म नेपाली संस्कृति कला र सम्पदाको सशक्त संरक्षण र प्रवर्द्धन गरी संस्थागत सामाजिक उत्तरदायित्वतर्फ उल्लेखनीय योगदान पुर्याएको जनाएकाे छ ।
अर्थ सन्जाल