

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आइतबारदेखि कारोबारमा आउने गरी मंसिर १५ गते बसेको बैठकले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुबै कम्पनीले सेयर कारोबार फुकुवा गर्न अनुरोध गरेका थिए ।
प्रभु इन्स्योरेन्स सेयर कारोबार फुकुवा गर्न मंसिर ११ गते र प्रिमियर इन्स्योरेन्सले मंसिर १२ गते नेप्सेमा आवेदन दिएका थिए । सोहि निवेदन अनुसार नेप्सेले दुबै कम्पनीको आधारभूत शेयरधनी बाहेकका सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।
Artha Sanjal
अर्थ सन्जाल