

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।
बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ५० अर्ब पुर्याउने विशेष प्रस्ताव रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल