

सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ बिन्दुमा ओर्लिएको छ ।
आज कारोबार रकम समेत घटेर ८४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।
हिमालयन डिष्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त, शिवम् सिमेन्ट्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, गरिमा विकास बैंक, जीवन विकास लघुवित्त, एनआईसी एसिया बैंक, सर्वाधिक कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल