

प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड २४ हजार ३०५ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार अग्रस्थानमा रहेको नेकपा एमालेले २६ लाख ९९ हजार २५७ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५६ हजार २४७ मत पाउँदा तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ११ लाख ४२ हजार ७५२ मत पाएको छ ।
चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । रास्वपाले १० लाख ९८ हजार १४६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६८३, जनता समाजवादी पार्टीले ३ लाख ९५ हजार ३०३, जनमत पार्टीले ३ लाख ५८ हजार ८८३ छन् । यी दलले ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाएका छन् ।
तर नेकपा एकीकृत समाजवादीले अहिलेसम्मको थ्रेस होल्ड कटाउन सकेको छैन । २ लाख ८२ हजार ,४८६ मत मात्रै पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३५२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४८ हजार ७६३१ मत पाएको छ ।
अर्थ सन्जाल