अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मूर्तिले धानेको जीवन

  • अर्थ सन्जाल
  • १३ मंसिर २०७९, मंगलवार १६:१५


बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन । यसैबाट आफ्नो र परिवारको जीवन पनि धान्नुभएको छ उनले ।

सत्र वर्षको उमेरदेखि नै उहाँ निरन्तर रुपमा मूर्ति बनाउँदै आएका छन । “बुबाले सुनारको काम गर्थे तर बीचबीचमा उनले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाए”, अमरले भने, “बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु”, उनले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताए । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उनको भनाइ छ ।

यही पेशाबाट उहाँको सातजनाको परिवार चलेको छ । उनले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताए । उनले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आएका छन । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उनको भनाइ छ । सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उनले भने, “अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।”

मासिक २५ देखि ३० हजारसम्म कमाउने उनले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्छन । “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उनले भने, “समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।”

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उनलाई तीन महिना लागेको थियो । उनले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताए । उनले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाए । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उनले बताए । करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उनी फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाएका छन ।

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उनले बताए । “मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु”, उनले भने । मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उनले बताए । उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे । “मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने काम भएको छैन ।” व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ । “बजारमा मूर्तिको माग पनि राम्रै छ”, उनले भने, “तर हामीले यसलाई व्यावसायिक रुपमा लैजान सकेका छैनौं ।” रासस

Artha Sanjal
मिती : १३ मंसिर २०७९, मंगलवार १६:१५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड

ताजा समाचार

  1. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  2. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  3. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
  4. सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् स् प्रधानमन्त्री प्रचण्ड
  5. पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
  6. पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा
  7. मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.