

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले अहिलेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले वर्तमान सत्ता गठबन्धनलाई आगामी दिनका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
चुनावी परिणाम सोचे जस्तो नआए पनि गठबन्धनका कारण प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा आफूहरु पुगेको बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यस्तै खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए । उनले सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताए ।
Artha Sanjal
अर्थ सन्जाल