

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
महतो गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् । बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा पनि बैंकले स्वीकृत गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल