

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने करिब दर्जन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले राष्ट्र बैंकको सुपरिवेक्षिय कारबाही गरेको हो ।
राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंक परेका हुन् । जसमा सनराइज र मेगा बैंक चालु आवको पहिलो त्रैमास ३ पटक कारबाहीमा परेका छन् ।
कृषि विकास बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनको उल्लंघन गर्दा २० लाख रुपैयाँ नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंक अफ काठमाण्डूलाई राष्ट्र बैंकले तोकेअनुसारको विपन्न वर्ग क्षेत्रमा कर्जा लगानी नगर्दा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगद जरिबाना गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यसैगरी, प्रभु, बैंक अफ काठमान्डू, कुमारी र प्राइम बैंकले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका कार्यकारी अधिकृतहरुलाई रास्ट्र बैंकले सचेत गराएको छ ।
अर्थ सन्जाल