

नेपाली बजारमा (मंगलबार) पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ९०० रुपैयाँ कायम भएको.छ।
हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ नै कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal
अर्थ सन्जाल