

सिभिल बैंकले वार्षिकोत्सवका अवसरमा टेम्पोको भाडा भुक्तानी क्यूआर स्क्यानमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप बैंकले सफा टेम्पोको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्यको थालनी गरेको हो ।
जावलाखेलमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरे । सो अवसरमा उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा लैजाने बताए ।
अब उक्त क्षेत्रका सफा टेम्पोहरुमा यात्रा गर्ने यात्रीहरुले आफ्नो मोबाइल बैकिङ्ग एप अथवा स्मार्ट वालेट एप मार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन् । यसलेगर्दा खुद्रा पैसाको व्यवस्थापन गर्नुपर्ने झन्झट पनि रहँदैन । त्यस्तै बैंकको जावलाखेल शाखामा ‘प्रायोरिटी’ बैंकिङ सेवा सुरु गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा उक्त सेवाको उद्घाटन गरे ।
छात्रवृत्ति तथा सहयोग हस्तान्तरण
वार्षिकोत्सवका अवसरमा बैंकले विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृत्ति कार्यक्रमको आयोजना गरी सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरिब तथा जेहन्दार छात्रालाई छात्रवृत्ति स्वरुप ५ हजार रुपैयाँका दरले प्रदान गरेको छ । प्रदेश नम्बर १ का दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर, फिदिममा यस्तो सहयोग गरिएको बैंकले जनाएको छ ।
त्यस्तै मधेश प्रदेशका पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवामा छात्रवृत्ति प्रदान गरिएको छ । वाग्मती प्रदेशका बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखुमा छात्रवृत्ति प्रदान गरिएको छ । गण्डकी प्रदेशका आरुघाट, लेखनाथ, मालिङ्ग, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर लुम्बिनी प्रदेशका विजुवार, तुलसीपुर, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु तथा कर्णाली प्रदेशका रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु र सुदूरपश्चिम प्रदेशका जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनीका स्कुलमा बैंकले छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले ललितपुरको ऐतिहासिक कार्तिक नाचलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेसनरी सामाग्रीहरुको खरिद गर्न ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको छ । सुनसरी जिल्लास्थित धरानमा रहेको निस्सहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । बैंकले महाबीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परियोजना’का लागि ५० हजार सहयोग गरेको छ । अपाङ्गता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि ९५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बेगनाश तालमा डुंगा व्यवसायीलाई १ सय थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।
अर्थ सन्जाल